पोखरामा ५ सहित प्रदेशमा थप ७ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरपालिकामा ५ जना सहित गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमित मध्ये ६ जना पोखरा महानगरपालिका वडा नम्बर ७, ८ र १३ का छन् । त्यस्तै यत तनहुँमा २ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ४२ पुगेको छ ।

कमेन्टहरु
Loading...