७७ वटै जिल्लामा क्वारेन्टिन तथा आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन तथा आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको दर अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै गृहमन्त्रालयले हरेक जिल्लामा भएका क्यारेन्टिन तथा आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको हो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर बढ्न सक्ने सम्भावना बढेको भन्दै सुचना जारी गरेपछि क्वारेन्टिन तथा आइसोलेसनलाई तयारी अवस्थामा राख्न ७७ वटै जिल्लाको जिल्ला प्रशासनलाई दिर्नेशन दिइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बताएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमणको दर वृद्धि भएपछि नेपालमा पनि वुद्धि हुने सम्भावना बढेको, यसमा ध्यान दिनु भन्ने स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेपछि भीडभाड नगर्नु भन्दै परिपत्र गरिएको प्रवक्ता बुढाले बताएका छन् । उनका अनुसार विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेको विवरण संकलन गर्न तथा नेपाल प्रवेश गर्नु अगािड अनिवार्य स्वास्थ्य जाँच गराउन समेत निर्देशन दिइएको छ ।

कमेन्टहरु
Loading...