काठमाडौं । होलीको अवसरमा कुनै पनि कार्यक्रम आयोजना नगर्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।
जिल्लामा फेरी कोरोना भाइरस संक्रमण बढेको भन्दै होलीका अवसरमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आज विज्ञप्ति पारी गरेर जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको हो ।
कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विज्ञप्तिमा परिवारभित्र मिलेर होली मनाउन आग्रह गरिएको छ ।
यस्तै मोटरसाइकल चालकले हेलमेट नलगाएको भेटिएमा, नशालु पदार्थ तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको खण्डमा, समुहगत तरिकाले या २ जनाभन्दा बढी एउटै मोटरसाइकलमा सवारी भएको अवस्था लगायतका ट्राफिक नियम उल्लंघन गरेको पाइएमा कारवाही हुने चेतावनी दिइएको छ ।