नेपालमा खोप लगाएकालाई समेत कोरोना संक्रमण पुष्टि, सचेत रहन आग्रह

काठमाडौं । नेपालमा खोप लगाएकालाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

फागुन २३ गते खोप लगाएका ७५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि शरीरमा इम्युनिटी पावर विकास हुन कम्तीमा पनि १ महिनासम्म लाग्ने चिकित्सकले बताएका छन् । ती पुरुषलाई खोप लगाएपछि इम्युनिटी पावर बन्नु अगाडि नै कोरोना भाइरस संक्रमण भएको हुन सक्ने टेकु अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले बताएका छन् ।

संक्रमित पुरुषमा खोकी, निमोनिया लगायतका लक्षण देखिएको छ । उनलाई खोप लगाएपछि इम्युनिटी पावर बन्नुभन्दा अगाडि नै संक्रमण भएको निर्देशक भण्डारीले बताएका छन् । खोप लगाए पनि सचेत भएर सावधानी अपनाउन उनले आग्रह गरे ।

कमेन्टहरु
Loading...