काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा प्रस्थान गरेपछि उनको अनुपस्थितिमा उनबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा २ दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् । रासस
