आजको कांग्रेसको बैठकमा देउवालाई प्रधानमन्त्रीको रुपमा औपचारिक प्रस्ताव गरिने विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको बैठक आज दिउँसो २ बजे बस्दै छ । पार्टी कार्यालयमा बस्ने बैठकमा पूर्व पदाधिकारी तथा पदाधिकारी सहभागी हुने भएका छन् । नयाँ सरकार निर्माणका लागि बैठकमा महत्वपूर्ण तरिकाले छलफल गरिने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा औपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकका क्रममा छलफल हुने पार्टीका एक नेताले बताएका छन् ।

कमेन्टहरु
Loading...