गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ ः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा उनले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताए ।

पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ ।

आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उनले बताए ।

मन्त्री गुरुङले भने, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ ।”

मन्त्री गुरुङले नेकपा (एमाले) सँग अहिले दुवै हातमा लड्डुु रहेको बताए ।

उनले पार्टीलाई सरकारमा रहँदा आफूले अघि सारेको समृद्धिको एजेन्डालाई कार्यान्वयन गरेर जाने र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर निर्वाचनमा बहुमत ल्याउने अवसर रहेको उल्लेख गरे ।

वर्तमान सरकार स्पष्ट बहुमतमा रहेको उल्लेख गर्दै उनले अनुचित र सिद्धान्तहीन सम्झौता गरेर सरकार टिकाइरहन पर्ने छैन भने ।

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको काम शुरु भएकामा मात्रै शिल्यान्यास गर्नुभएको स्पष्ट पारे । उनले ठेक्का सम्झौता, विस्तृत अध्ययन र निर्माण कम्पनीले काम शुरु गरेको आयोजनाको मात्रै सरकारले उद्घाटन गरिरहेको बताए ।

कमेन्टहरु
Loading...