चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आएको खण्डमा आफू पछाडि नहट्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले प्रधानमन्त्री पद पाउने कुनै लोभ नभए पनि जिम्मेवारी आए पछाडि नहट्ने बताएका हुन् ।
उनले जनता नै सबैभन्दा ठूलो मालिक भएको र जनतालाई नै फैसला गर्न दिनुपर्ने बताए । फैसलाको अधिकार नागरिकलाई नै भएको बताउँदै उनले पार्टीको आन्तरिक मतभेदलाई त्यागेर जनता समक्ष जान कार्यकर्तालाई आग्रह गरेका छन् । आगामी निर्वाचनका क्रममा नेपाली कांग्रेसलाई २ तिहाई मत ल्याउनबाट कसैले रोक्न नसक्ने उनले बताए बताएका छन् ।