काठमाडौं । नेकपा एमालेले संसदीय दलको संशोधन विधान पारित गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधन विधान पारित गरेको हो । संशोधन विधानलाई प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा बिमला पौड्याल राई तथा शेरबहादुर तामाङ रहेको विधान संशोधन कमिटीले प्रस्तुत गरेको थियो ।
विधानलाई बैठकले पारित गरेको प्रमुख सचेतक भट्टराईले जानकारी दिएका छन् ।