एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औं केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताएका छन् । एमालेको दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गते तोकिएको छ । रासस

कमेन्टहरु
Loading...