शशांक कोइराला भन्छन्, ‘दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

चितवनमा पत्रकारसँगको भेटमा उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए ।

उनले भने, “माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ।”

अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ थियो । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनको भनाइ थियो ।

उनले भने, “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।”

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

कमेन्टहरु
Loading...