संविधानसभाको पहिलो बैठक माघ ८ गते

२७ पुस, पोखरा । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले माघ ८ गते संविधानसभाको पहिलो बैठक आहृवान गरेका छन् । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले अन्तरिम संविधानको धारा ६९ को उपधारा ९१० बमोजिम संविधानसभा बैठक माघ ८ गते बुधबार अपरान्ह तीन बजे आहृवान गरेको उनका प्रेस सल्लाहकार विमल गौतमले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघि रेग्मीले शीतलनिवास पुगेर राष्ट्रपति डा। रामवरण यादवसँग छलफल गरेका थिए । राष्ट्रपतिले भने अन्तरिम संविधान अनुसार गर्न भन्दै संविधानको धारा ३६ कलाई समेत ध्यान दिन भनेका थिए, जुन धारामा राष्ट्रपतिको काम कर्तव्यबारे उल्लेख छ ।

संविधानसभा निर्वाचनको परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभाको बैठक आहृवान गर्नु पर्ने व्यवस्था छ ।

कमेन्टहरु
Loading...