पोखरा चेम्बर अफ कमर्स कास्कीको योजना तर्जुमा गोष्ठी शनिबार हुने

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारणसभा तथा योजना तर्जुमा गोष्ठी शनिबार हुने भएको छ । लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालसंगको सहकार्यमा व्यवसायिक क्षमता अभिवृद्धि तालिम गर्ने अध्यक्ष किसान सुनारले बताएका छन् । उनले नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले साधारण सभाको उद्घाटन गर्ने उनको भनाई छ ।

उनले सभामा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति तथा व्यवसायिक जीवन रक्षा कोषको सफल कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताए । लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालका अध्यक्ष गोपाल खड्काले संस्थागत लेखाजोखा कार्यशालामा धनन्जय पौडेल, माधवप्रसाद बराल, भोलानाथ ढकाल, रामचन्द्र पौडेल, डा.वेदनाथ शर्माले सहजीकरण बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी, कार्य समितिका सदस्य, इकाई, समिति, उपसमिति र विभागका सदस्यहरुको सहभागिता रहने महासचिव उमराज बास्तोलाले जनाए ।

कमेन्टहरु
Loading...