काठमाडौं । महान्यायधिवक्ता अग्नी खरेलले राजीनामा दिएका छन् । अबको बाँकी जीवन राजनीतिमा बिताउने बताउँदै खरेलले आज राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले राजीनामापत्र बुझाएको र उनीसंगै नै छलफल गरेर आफूले यो कदम उठाएको खरेलको भनाई छ । खरेल पूर्व कानुनमन्त्री समेत हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते महान्यायधिवक्ताका रुपमा नियुक्त गरेकी थिइन् ।
