गन्थन डेस्क
पोखरा महानगरपालिकामा शुक्रबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले भर्खरै विज्ञप्तीमार्फत दिएको सुचनाअनुसार पोखरा महानगरभित्र ४४ जना संक्रमित भेटिएका छन् । जसमध्ये वडा नम्बर १६ मा ३० जना संक्रमित पाइएको छ । उनीहरु सबै पुरुष हुन् ।
त्यस्तै, अन्य सात वडामा १४ जना संक्रमित भेटिएका छन् । यसैगरी, बागलुङको काठेखोला र जैमिनीमा १–१ जना संक्रमित भेटिएका छन् ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमार्फत भेटिएका हुन् । संक्रमितहरुलाई आइशोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।