कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

मस्तिष्कघात भए पछि नेता जोशीको उपचार जारी छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारले निर्णय गरेको हो । आज बिहान जोशीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन उपप्रधानमन्त्री ईश्वर पोखरेल नर्भिक अस्पताल पुगेका थिए । सोही समयमा उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारका लागि १० लाख सरकारले सहयोग गर्ने जानकारी दिएका हुन् । अस्पताल पुगेका पोखरेलले जोशीको परिवारसंग भेटेका छन् ।

फागुन १४ गते जोशीलाई मस्तिष्कघात भएको थियो । हाल उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । उनको उपचारमा डा.राजीव झा लगायतका चिकित्सकको टोली संलग्न रहेका छन् । जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको छ ।

कमेन्टहरु
Loading...