काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेला आज सकिँदैछ । हिजोदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।
पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचारमा दाबी गरेका छन् । हिजो उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप समेत लगाएका थिए ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।