हाइकर्स क्लबको पदयात्रा भुम्दी, तारेभिर हुँदै लौरुकसम्म

पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हाइकर्स क्लब नेपालको आयोजनामा विगत २ वर्षदेखि सञ्चालन हुदै आएको हाइकिङ गत शनिबार १७ औं श्रृंखला भुम्दीकोटदेखि तारेभिर हुँदै लौरुक पुगेर समापन भएको छ ।

पोखराको पृथ्वीचोकबाट नगरवसमा पोखरा २२ भुम्दीकोट सम्म गएको हाइकिङ समुहले भुम्दी कै तारेभिर हुँदै पोखरा २३ चापाकोटमा रहेको चापाकोट एग्रो टुरीज्म फार्मको पनि अवलोकन गरेको थियो । एग्रोका सञ्चालक तथा गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी र राजु दाहालले स्वागत गर्दै कृषि र पर्यटन लाई साथसाथ लैजान प्रयासरत रहेको बताए । फर्ममा अर्गानिक तरकारी तथा फलफुल खेतीका साथै लोकल कुखुरा, माछा, खसीबोका, भैंसी पालन पनि गरेका छन् ।

हाइकर्स क्लबका सदस्यलाई भुम्दीकोटमा हालै सञ्चालनमा आएको सेभेन ओन्डर्सका सञ्चालक दिपक गुरुङले स्वागत गर्दै आफ्नो खेर गइरहेको जमिनलाई सदुपयोग गरेर रिसोर्ट सञ्चालनमा ल्याएको बताए । उनले नेपालमा पर्यटनको सम्भावना देखेर २२ वर्षको युरोप बसाईलाई माया मारेर नेपाल व्यवसाय गर्न थालेको बताए । हरेक महिनाको अन्तिम शनिबार पोखराका पत्रकार तथा व्यवसायीले स्वतःस्फुर्त रुपमा हाइकर्स क्लबलाई सहयोग गर्दै आफ्नो व्यक्तिगत खर्च आफै गर्दै हाइकिङमा सहभागीता जनाई रहेको हाइकिङमा नियमित सहभागी हुँदै आएका पोखराको आलुमाईला चोकमा रंग पसल सञ्चालक जीवन श्रेष्ठले बताएका छन् ।

सो अवसरमा हाइकर्स क्लबका उपाध्यक्ष कृष्ण रानाभाट, टे«किङ गाइड सुन्दर त्रिपाठी, पत्रकार मनोज घर्तिमगर, रेडियो सफलताका मधु अधिकारी, मन्टेश्वरी संचाकल टीका आचार्य, शेयर मार्केटका लगानीकर्ता मेघराज कुँवर, आइटि शिक्षक भोजराज आचार्य, युनिप्स कास्कीका तिलक थापा र व्यवसायी शुशिल बास्तोलाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...