काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने निधन शून्य भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ नेपालीको निधन भएको थियो ।
गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना संक्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ संक्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा ३ हजार १४ जनाको निधन भएको छ ।
नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार १ सय ७८ जना भने २ लाख ७१ हजार २ सय ४९ कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।
ढुक्क भएर खोप लगाऔं
समितिका संयोजक डा सापकोटाले हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप गाउन आग्रह गरेका छन् । उने केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन आह्वान समेत गरेका छन् । रासस