प्लास्टिकको झोला विस्थापित गर्न वैकल्पिक झोला प्रवद्र्धनका लागि छलफल

लमजुङ । लमजुङमा प्लास्टिकको झोलाको विकल्पमा वैकल्पिक झोला प्रवद्र्धन र प्रदुषण नियन्त्रण विषयक अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजना तथा डिभिजन वन कार्यलय लमजुङको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । पछिल्लो समय प्लास्टिकको झोलाको प्रयोग बढ्दै गएको र यसले वातावरणलाई प्रत्यक्ष असर पारेको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक झोलाको प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि बेसीशहर नगरपालीकाका नगरप्रमुख गुमानसिंह अर्यालले बढ्दो प्लास्टिकजन्य वस्तुको प्रयोगको नियन्त्रण तथा फोहोरजन्य वस्तुको व्यवस्थापनमा सबै स्थानीय तहको प्रमुख समस्या रहेको बताए । नगरप्रमुख अर्यालका अनुसार वातावरण प्रदुषण नियन्त्रण गर्न कुनै १ जना व्यक्ति वा संघसंस्थाको प्रयासले मात्र नहुने बताउँदै आफ्नो व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताए ।

त्यस्तै डिभिजन वन कार्यलयका डिभिजन वन अधिकृत पुर्णेश्वर सुवेदीले वातावरण प्रदुषण र यसका प्रकार, हानिकारक फाहोर निष्कासन, जल, जमिन र वायु प्रदुषणको स्रोत र वैकल्पिक झोलाको प्रयोग लगायतका विषयमा जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...