काठमाडौं । नेपाल एमालेको खनाल–नेपाल समुहले चैत्र ४ र ५ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल निकटका केन्द्रीय सदस्यको बैठक बसेको थियो सोही बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयलाई अस्वीकार गर्ने निष्कर्ष निकाल्दै राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
