दिपक के श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डतिर लागेका केही साथीहरु एमालेमा फर्केर ओलीलाई तह लगाउछु भन्दै दिवास्वप्न देखेको बताएका छन् ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले निर्वाचन आयोगले माओवादी र एमालेलाई पहिलेकै स्थानमा पु¥याइदिएको सन्दर्भ प्रस्तुत गरे । ‘आयोगले निर्णयपछि साथीहरु एमालेमै आउन बाध्य भए’ प्रमले भने ‘एमालेमा आएर अब केपी ओलीलाई तह लगाउने रे’
एमाले सम्पूर्ण जनताको, कार्यकर्ताको र देशकै पार्टी भएकाले फर्किएर काम गर्न, देश विकास गर्न लाग्नुस् भन्दै उनले आफुलाई तह लगाउने सपना नदेख्न आग्रह गरे । प्रचण्डको लाइनमा पुगेको केही नेताहरुले विज्ञप्तीमार्फत केपी ओलीलाई पार्टीभित्रै बसेर तह लगाउने अभिव्यक्तिप्रति उनले कटाक्ष गरे ।
सम्बोधनकैक्रममा ओलीले यही ७ गते केन्द्रीय कमिटीको बैठक डाकेको जनाउँदै भने ‘साथीहरुले सुनिन, थाहा पाइन नभन्नुहोला, मैले बैठक डाकेको छु ।’ उनले बैठकमा उपस्थित हुन र एजेण्डा राख्न सम्पूर्णमा अनुरोध गरे । यद्यपि, यो भनाई माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित थियो ।
सोही प्रसंगमा प्रम ओलीले एकबारको जूनीमा असल काम र असल निर्णय गर्नुपर्ने भन्दै अझै समय रहेको र नपछुताउन अनुरोधसमेत गरे ।
महिलाहरुलाई योगमायाको उदाहरण दिँदै उनले विद्रोही र संघर्षशीले बन्नुपर्ने बताए । ‘छोरा र छोरीमा विभेद नगर्नुहोस्, अभियन्ता बन्नुहोस्’ प्रमले भने ।