एमाले माधव–झलनाथद्वारा समानान्तर कमिटी विस्तार, गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डेलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रदेश तथा विभागलाई जिम्मेवारी दिएको छ । उक्त समुहको आज बिहान बानेश्वरमा बसेको केन्द्रीय कमिटी बैठकले गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे सहित अन्य प्रदेशमा विभिन्न नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।

एमालेको उक्त समुहले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बाग्मती प्रदेश तथा महिला विभागको जिम्मामा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली, सुदुरपश्चिममा भीम रावललाई इन्चार्ज तोकेको छ ।

यता माधव नेपाल तथा झलनाथ खनालको समुहले नेता गोकर्ण विष्टलाई विद्यार्थी तथा बुद्धिजीविको जिम्मा प्रमेश हमाललाई दिएको छ ।

कमेन्टहरु
Loading...