नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बिहान ९ बजे डाकिएको बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा छलफल हुने जनाइएको छ ।
नेता गणेश साहका अनुसार बैठकले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्नेछ ।
नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।
यस्तै एमाले अध्यक्ष केपी ओलीले एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई जिम्मेवारी खोसेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।
नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो ।
माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।