घनश्यामले लेखे, ‘ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजे’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको एकपक्षीय बैठक राख्दै माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षका नेता तथा निर्वाचित उपमहासचिव घनश्याम भूसालले असन्तुष्टि व्यक्त गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म वहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको…

Posted by Ghanashyam Bhusal on Friday, March 12, 2021

कमेन्टहरु
Loading...