जिम्मेवारी हेरफेर गरेपछि माधव पक्षले वोलायो आकस्मिक स्थायी कमिटी बैठक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ केन्द्रिय समिति मनोनित र जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले आकस्मीक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ ।

आफूहरुलाई थाहै नदिइ केन्द्रीय कमिटी विस्तार र पार्टीका अन्य कमिटी हेरफेर गरेपछि भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको बैठकले पार्टी कमिटी विस्तार एवम् पुनर्गठन गरेको थियो ।

कमेन्टहरु
Loading...