माओवादी केन्द्रमा पार्टीको नाम परिर्वतनका लागि छलफल

काठमाडौं । माओवादी केन्द्रले पार्टीको नाम परिर्वतनका लागि छलफललाई अगाडि बढाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी राख्ने या यही नामसंग अन्य केही शब्द जोडेर नाम परिर्वतन गर्ने भन्ने विषयमा पार्टी स्थायी समितिको बैठकमा छलफल गरिएको १ जना स्थायी समिति सदस्यले जानकारी दिएका छन् । यता पार्टी नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा अनौपचारिक तरिकाले मात्र छलफल भएको बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पार्टीको नाम परिर्वतन गर्ने विषयमा उपयुक्त समय आएपछि निर्णय लिने बताएको प्रवक्ता श्रेष्ठको भनाई रहेको छ ।

कमेन्टहरु
Loading...