काठमाडौंको ‘डल्ले मःम’ को शाखा पोखरा सञ्चालन

पोखरा । काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’ को शाखा पोखरामा खुलेको छ । पोखराको मानवअधिकार चोक नजिकै रहेको ‘डल्ले मःम’ को शाखाको मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले उद्घाटन गरिन् । उनले काठमाडौंको मःमले पोखरामा आएको खुसी व्यक्त गरिन् । उनले लकडानका बेला अप्ठेरोमा परेकालाई सगँ सँगै खाना दिने अभियानमा लाग्न पाएकोमा खुसी व्यक्त गरिन् ।

स्वादका साथै गुणस्तरलाई ध्यान दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले बताइन् । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान नगर्दै आएको मःमको पोखरामा ११ औ शाखा हो ।

पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याएका हुन् । उनीहरुले १ वर्ष पहिले सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । ‘अहिले सञ्चालनमा ल्याएका छौं ।’ सञ्चालक सुनिल भट्टरार्ईले भने, ‘अहिले सुरक्षाका साथै स्वाद पनि प्रदान गरेका छौं ।’ ‘डल्ले मःम’ मा मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । करिब १ सय जना अटाउने गरी आक्रर्षक डिजाइन गरेको उनले बताए ।

जन्मदिनको पार्टी, एनिभर्सरी पार्टी लगाएत गर्नेका लागि समेत उपयुक्त रहेको उल्लेख गरे । भट्टराईले ७ सय रुपैया भन्दा बढीको अडर गरेमा पोखरा भ्यालीमा फ्री होमडेलिभरी सेवा समेत रहेको बताए ।

बिहानी तथा साझँका लागि खानाको लन्च बक्स समेत सुविधा रहेको उनको भनाई छ । सन् २०११ देखि डल्ले मःम रेष्टुराँ आलोक योञ्जन र सुवास गौचनले सञ्चालनमा ल्याएका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।

कमलादीमा स्थापना सुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालन गरिसकेको छ । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्री गर्दै आएका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।

कमेन्टहरु
Loading...