राप्रपाद्वारा प्रदेशमा अध्यक्ष तथा उपाध्यक्ष मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको अन्तरिम विधान अनुसार ५ वटा प्रदेशमा अध्यक्ष तथा उपाध्यक्ष मनोनयन गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त पार्टीले गण्डकीसहित प्रदेश १, प्रदेश २ तथा लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष तथा उपाध्यक्ष नियुक्ति गरिएको जानकारी दिएको हो ।

पार्टीका अनुसार गण्डकी प्रदेशमा लमजुङका हेमजंग गुरुङ अध्यक्ष तथा गोरखाका महेश्वर रोक्कालाई उपाध्यक्षका रुपमा चयन गरिएको छ । त्यस्तै पार्टीले प्रदेश १ मा अध्यक्ष मा झापाका रामकुमार थापा तथा उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावतीलाई चयन गरेको छ ।

प्रदेश २ मा सर्लाहीका रामचन्द्र राय अध्यक्ष तथा सिराहाका महेशलाल महासेठ उपाध्यक्षका रुपमा नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशमा रुपन्देहीका प्रदीपकुमार उदय अध्यक्ष तथा रुपन्देही कै कैलाश गुरुङलाई उपाध्यक्षका रुपमा पार्टीले नियुक्त गरेको छ ।

यता कर्णाली प्रदेशमा कालिकोटका दिपबहादुर शाही अध्यक्ष तथा सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्षका रुपमा नियुक्त भएका छन् ।

कमेन्टहरु
Loading...