प्रधानमन्त्री केपी शर्मा ओलीको कट्टर आलोचक मध्यमा एक नेता भिम रावलले केपी ओली आफ्नो पार्टीको प्रधानमन्त्री भएको बताएका छन् ।
एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुकै पार्टी एमालेको भएको बताएका हुन् ।
तत्कालिन प्रचण्ड माधव समुहमा रहेर केपी शर्मा ओलीको कट्टर आलोचक नेता रावलको बोली एकाएक फेरिएको हो ।
‘हाम्रो पार्टीको प्रधानमन्त्रीले हाम्रो पार्टीको अध्यक्ष भएको व्यक्तिले प्रतिनिधिसभामा विश्वासको मत लिनुभयो भने हामी विश्वासको मत दिन्छौ नि त्यहा गएर’,रावलले भने ।