जसपालाई उपसभामुख दिने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमााले जनता समाजवादी पार्टीसंग सहकार्यको हात अगाडी बढाएको छ ।

एमालेले सत्ता साझेदारीका लागि सदनमा रहेका अन्य दलसँग वार्ता गर्न उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ रहेको दुई सदस्यीय वार्ता टोलीले जसपाका नेताहरुसंग संवाद अगाडी बढाएका छन् ।

जसपाका तर्फबाट सत्ता साझेदारीका लागि वार्ता टोली सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसंग संवादमा एमालेले  उपसभामुख प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

डा.शिवमाया तुम्वाहाङ्फेले अघिल्लो वर्ष राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

 

कमेन्टहरु
Loading...