किराँतीको पार्टीको नाम तथा चुनाव चिन्ह तथा तिवारीको एमाले खोसियो

काठमाडौं । सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले तथा गोपाल किराँती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र खारेज भएको छ । सर्वोच्च अदालतले साविक नेकपा एमाले तथा माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणलाई खारेज गरेर पूर्वपार्टीकै रुपमा मान्यता दिएपछि निर्वाचन आयोगले तिवारी तथा किराँतीले दर्ता गरेको पार्टीलाई खारेज गरिदिएको हो ।

आयोगको आज बसेको बैठकले उनीहरु दुवैलाई १५ दिनभित्र पार्टीको नयाँ नाम तथा नयाँ चुनाव चिन्हका साथमा उपस्थित हुन समेत निर्देशन दिएको छ । तिवारीले भने उनको चुनाव चिन्ह राख्न पाउने छिन् ।

उनले अब निर्वाचन आयोगमा पार्टीको नयाँ नाम मात्र १५ दिनभित्र पेश गर्नुपर्ने भएको छ ।

कमेन्टहरु
Loading...