ओली र प्रचण्ड अध्यक्ष रहेको ने क पा खारेज

काठमाडौं । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई निर्वाचन आयोगले खारेज गरिदिएको छ । सर्वोच्च अदालतले यही फागुन २३ गतेको फैसला सुनाउँदै नेकपा एमाले तथा माओवादी केन्द्र मिलेर बनेको (ने क पा) बदर भएको जनाइसकेको अवस्थामा उक्त पार्टी खारेज भएको आज विज्ञप्ति जारी गर्दै जनाएको हो ।

ने क पा दल खारेज भएको विषयमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जानकारी दिने समेत निर्वाचन आयोगले जनाएको छ । यस्तै एमाले तथा माओवादी केन्द्र एकीकृत रुपमा नै रहने हो भने १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । आयोगले केन्द्रीय कमिटीको निर्णयसहित १५ दिनभित्र उपस्थित हुने आग्रह गरेको हो ।

कमेन्टहरु
Loading...