नेपालमा थप ५९ जनालाई कोरोना

पोखरा । नेपालमा थप ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २५ जना महिला तथा ३४ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । हाल नेपालमा ८ सय ७० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप २ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ६० जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १ जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ रहेको छ ।

कमेन्टहरु
Loading...