प्रचण्ड र ओलीको अधिनायकवाद लाद्ने कोसिस असफल भएको छः नेता कट्टेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतले एमाले तथा माओवादी केन्द्रको एकता निष्क्रिय बनाएर अधिनायकवाद लाद्ने कोसिसलाई असफल बनाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा नाम सर्वोच्चले आफ्नो भागमा पारेको भन्दै नेता कट्टेलले जबरजस्ती आफ्नो पार्टीको नाम एमाले तथा माओवादी केन्द्रको एकता पश्चात् प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लिएर अधिनायकवाद लाद्न खोजेको र हाल सर्वोच्चले उक्त योजनालाई असफल बनाएको उनले बताएका हुन् ।

नेकपा नाम सर्वोच्चले आफूलाई दिने फैसला गरेकोमा खुसी व्यक्त गर्दै कट्टेलले अधिनायकवाद लादेर जबरजस्ती गर्ने ओली र प्रचण्डको खेललाई नै समाप्त पारिदिएको बताएका छन् ।

कमेन्टहरु
Loading...