पोखरा । पोखरेलीहरुले अब चाइनाको हाउजे एनके बाइक चढ्न पाउने भएका छन् । ए वान मल्टिनेसनल ग्रुप प्रालिले पोखराको नयाँबजारमा उक्त बाइकको शोरुम सञ्चालनमा ल्याएको हो ।
१ सय ४९.२ सिसि इन्जिन क्षमता रहेको बाइकले सहरी क्षेत्रमा प्रति लिटर ४० किलोमिटर माइलेज दिने गण्डकी प्रदेशको आधिकारिक विक्रेता ए वान मल्टिनेसनलका प्रबन्ध निर्देशक शिवकुमार बाँस्तोलाले जानकारी दिएका छन् ।
सहरी तथा ग्रामिण दुवै क्षेत्रमा उपयुक्त यो बाइक अन्य एक्स एल (डर्ट) बाइकको तुलनामा नेपाली बजारमा सुपथ र सुहाउँदो भएको उनले दावी गरेका छन् । बाइकका अन्य विशेषतामा ५ गियर, १२.५ लिटर क्षमताको पेट्रोल ट्याँकी, २ सय २२ एमएम उचाई तथा सुख्खा तौल १ सय ३९ केजी छ । स्मुथ इन्जिन तथा आवाजका कारण यो बाइकले कोलाहलमुक्त वातावरण सिर्जना गर्ने बाँस्तोलाको भनाई छ ।
प्रालिले ग्राहकहरुको सुविधाका लागि साटफेर तथा फाइनान्सको व्यवस्था गरेको छ । प्रालिको सर्भिस सेण्टर छ भने बाइकका सबै खाले पार्टस् सहज उपलब्ध हुने हुँदा ढुक्कसंग खरिद गर्न सकिने प्रालिले जनाएको छ ।
हाल एन.के.१५० मोडलमा आएको एक्स एल बाइकको मुल्य ३ लाख ९५ हजार छ । प्रालिले टेस्ट ड्राइभ समेत खुल्ला गरिसकेको जनाउँदै ग्राहकलाई एकपटक यो बाइकको अनुभवका लागि आग्रह गरेको छ ।