सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट जारी, समुह ‘बि’को खेल रोमाञ्चक मोडमा

पोखरा । के.एन. स्पोर्टस् प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी अन्तर क्लब टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार समुह‘बि’ का २ वटा खेल सम्पन्न भए । सम्पन्न खेलहरुमा मिक्समाण्डु र जनकपुरले जित हात पारेका छन् ।

पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लबले बाग्लुङ क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बाग्लुङले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउनुपूर्व ७९ रनको सामान्य स्कोर खडा गर्न सक्यो । बाग्लुङको तर्फबाट विश्व कार्कीले २३ रन बनाए । मिक्समाण्डुको जितमा म्यान अफ द म्याच रुपेश श्रीवास्तवले ४ विकेट लिए । मिक्समाण्डुका ब्याट्स्म्यान रिबन जोशीले विस्फोटक व्याटिङ गर्दै २९ बलमा अभिजित ५१ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै शुव कंशाकारले २३ रन बनाए ।

अर्को खेलमा जनकपुर क्रिकेट क्लबले पेलिकेण्टस क्रिकेट क्लबलाई ४७ रनको फकाकिलो स्कोरले पराजित ग¥यो ।

पहिला व्याटिङ गरेको जनकपुले अक्वर अलिको ४४ तथा विशाल सस्लिङको ३९ रनको मद्धतमा १ सय ५९ रन बनाएको थियो । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पेलिकेण्ट्सेले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन मात्रै बनाउन सक्यो ।

समिर कँडेलले २१ तथा दिपक डुम्रेले १८ रन जोडे । बलिङतर्फ ३ विकेट समेत लिएका जनकपुरका विशाल सुस्लिङ म्यान अफ द म्याच भए । राहल प्रताप सिंहले ४ विकेट लिए । यो खेलसंगै लिग रोचक मोडमा आएको छ ।

सेमिफाइनलका लागि रनरेटले समेत महत्व राख्न सक्ने देखिएको छ ।

कमेन्टहरु
Loading...