चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले साथ दिन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई साथ दिन नैतिकताले नदिने उनले आज बिहान चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा बताएका हुन् । नेकपाको प्रचण्ड–नेपाल पक्षलाई साथ दिन भने आफू सकारात्मक रहेको नेता पौडेलले बताएका छन् ।
ओली बाहेकका अन्य दल तथा व्यक्तिहरुलाई साथमा लिएर समझदारीसहित हालको राजनीतिक संकटलाई निराकरण गर्न तर्फ अग्रसर हुनुपर्नेमा समेत उनको जोड रहेको छ । नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान तथा लोकतन्त्रलाई जोखिममा पारेको आरोप लगाएका छन् । मुलुकको व्यवस्थालाई नै जोखिममा पार्ने प्रधानमन्त्री ओली जस्तो व्यक्तिलाई साथ दिन नसक्ने उनले कार्यक्रममा स्पष्ट पारेका छन् ।