सरकारसँगको वार्तामा नेकपा विप्लवका प्रमुख तीन शर्त

 

गन्थन डेस्क

सरकारले बुधबार नेकपा विप्लवसँग औपचारिक वार्ता सुरु गरेको छ । एकैदिन २ चरणको वार्ता भएपनि त्यसको ठोस निष्कर्ष निस्कन सकेको छैन ।

विप्लवले सरकारसँग वार्ताको सुरुवातमा तीन प्रमुख शर्त राखेको छ । उक्त शर्तमा पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, थुनामा रहेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने र मुद्दा फिर्ताको ग्यारेन्टी गर्नुपर्ने उल्लेछ ।

नेकपा विप्लवलाई प्रतिबन्ध लगाएको २ वर्षमा उनीहरुका करिब २ हजार ८० कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये अधिकांश रिहा भए भने अझै १ सय ६५ हाराहारीमा विभिन्न कारागार र प्रहरी हिरासतमा छन् । विप्लका दुई सचिवालय सदस्य हेमन्तप्रकाश ओली कारागार र धर्मेन्द्र बाँस्तोला प्रहरी हिरासतमा छन् ।

यसबीच, विप्लव पक्षबाट १ शिक्षकसहित ४ मारिएका छन् भने राज्यपक्षबाट विप्लवका ४ कार्यकर्ता मारिएका छन् ।

वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी छन् । त्यस्तै, विप्लवपक्षबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने रहेका छन् ।

सरकार र विप्लव दुबै पक्षले वार्ता निष्कर्षको नजिक पुगेको धारणा सार्वजनिक गरेका छन् । अब अर्काे वार्ता कहिले हुने भन्ने टुंगो लागेको छैन ।

कमेन्टहरु
Loading...