कारागार व्यवस्थापनमा समस्या

प्रहरीलाई फरार व्यक्ति पक्राउ अभियानमा सफलता मिले पनि इलाम कारागारको व्यवस्थापनमा चुनौती थपिएको छ ।

अपराध गरेकालाई कानूनी दायरामा ल्याउन कारागार लैजानु पर्ने हुन्छ । यद्यपि कैदीबन्दीहरू थपिँदा कारागारको व्यवस्थापनमा समस्या आउन थालेको इलाम कारागारका जेलर प्रदीप श्रेष्ठले बताए ।

एक सय २० जना क्षमता रहेको इलाम कारागारमा अहिले २२ महिला र २३१ पुरुष कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, शौचालयदेखि लिएर हरेक कुराको समस्या हुने गरेको जेलर श्रेष्ठको भनाइ छ ।

एकातिर फरार व्यक्ति पक्राउ अभियानले इलाम कारागारमा कैदीबन्दी बढ्दो क्रममा छ भने अर्कोतर्फ अन्य जिल्लाका कैदीहरुलाई पनि सरुवा गरेर ल्याउँदा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रशासनको भनाइ छ ।

कमेन्टहरु
Loading...