विप्लव नेतृत्वको नेकपाद्वारा सरकारसंगको वार्ताका लागि टोली गठन

काठमाडौं । सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता टोलीको घोषणा गरेसंगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ताका लागि आफ्नो टोलीका तर्फबाट टोली गठन गरेको छ । सरकारले आज विप्लव नेतृत्वको नेतृत्वसंग वार्ताका लागि टोली गठन गरेको घोषणा गरेको थियो ।

यता विप्लव नेतृत्वको नेकपाले समुहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । यस्तै उनको तर्फको वार्ता टोलीमा प्रकाण्डबाहेक सदस्यका रुपमा उदय चलाउने दीपक रहेका छन् । भूमिगत रहेका उक्त समुहले सरकारद्वारा वार्ता टोली घोषणा भएसंगै आफूहरुले पनि टोली बनाएको आज प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

यसैबीच सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त समुहमाथि लगाइएको प्रतिबन्ध पनि चांडै फुकुवा हुने जानकारी दिएका छन् । २०७५ साल फागुम २८ गते विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएको बताउँदै सरकारले उक्त समुहलाई प्रतिबन्ध लगाएको थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजनको अवस्था सिर्जना भएसंगै भूमिगत रुपमा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंग वार्ताको प्रयास सुरु गरेका थिए । तर उक्त समुहसंग सरकारले राम्रोसंग संवाद गर्न सकेको थिएन । यस अगाडि समेत सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा विप्लवसहितका भूमिगत समुहसंग वार्ता गर्ने भन्दै समिति गठन गरेको थियो ।

कमेन्टहरु
Loading...