प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासंग वार्ताका लागि गृहमन्त्रीसहितको टोली गठन

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्ने भएको छ । वार्ताका लागि टोली गठन गरेर सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्ने भएको हो ।

सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली पनि गठन गरेको छ । केही दिनदेखि दुवै पक्षबीच जारी अनौपचारिक वार्ताले वातावरणलाई थप सहज बनेको र थप वार्ता गर्ने पक्षमा रहेको भन्दै सरकारले टोली गठन गरेर उक्त समुहसंग वार्ताको तयारी गरेको हो ।

यता विप्लव समुहले पनि वार्ताका लागि यस अगाडि नै ३ सदस्य रहने गरेर टोली गठन गरिसकेको छ ।

कमेन्टहरु
Loading...