काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली तथा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । झडपका क्रममा २ जना विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार पक्राउ पर्नेहरुमा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता मीनराज पाण्डे तथा शिशिर बस्याल रहेका छन् ।
आरआर क्याम्पसमा आज बिहान नेकपा प्रचण्ड–नेपाल पक्षका नेताहरुले सोधपुछ कक्षको निर्माण गरेका थिए । सो सोधपुछ कक्षमा टांसिएको ब्यानरलाई नेकपा ओली पक्षका नेताहरुले च्यातिदिएपछि त्यहाँ विवाद उत्पन्न भएको थियो । झडपका विषयमा थप जानकारी तथा छलफलका लागि नेकपा ओली तथा प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुलाई बोलाइएको एसएसपी सिंहले जानकारी दिएका छन् ।