पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षी दलका नेताहरु समेत मिलेर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
आज पोखरामा गण्डकी प्रलेश प्रशिक्षण प्रतिष्ठान पोखराको निर्माणाधीन भवनको शिलान्यास गर्दै विकासका लागि पक्ष तथा विपक्ष दलका नेता नभनेर एकताबद्धताका साथ काम गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।
आगामी वर्षबाट डबल डिजिटलवाला विकास हासिल गर्ने प्रधानमन्त्री ओलीको दावी थियो ।
कृषिको आधुनिकीकरणका लागि सरकारले विभिन्न कार्य गरेको उनले बताएका छन् । नेपालले प्रगती गरिरहेको र आगामी दिनमा समेत विकासका कार्य गर्नमा कसैले रोक्न नसक्ने उनले कार्यक्रममा बताए । मुलुक लगातार अगाडि बढिरहेको उनको दावी थियो ।
विश्वमा एकैपटक ३ सय ९ वटा अस्पतालहरुको शिलान्यास गर्ने मुलुक नेपालमात्र भएको उनले बताएका छन् । कोरोना भाइरसको भ्याक्सिन ल्याइसकिएको र अझै पनि ल्याउने क्रम जारी रहेको कार्यक्रममाम प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
कोरोनाविरुद्धको खोप सुरुमा नै ल्याएर नागरिकलाई प्रदान गर्ने संसारका थोरै देशमध्ये नेपाल पनि एक भएको उनको दावी थियो ।