ओली इतरमा रहेर प्रचण्ड–नेपालको पक्षमा काम गरेको भन्दै गृहमन्त्रीद्वारा स्वकीय सचिव बर्खास्त

काठमाडौं । आफ्नो स्वकीय सचिव विरु तामाङलाई गृहमन्त्री रामबहादुर थापा बादलले पदबाट हटाएका छन् । तामाङले आफूसंग रहेर पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा सोही समुहका नेता वर्षमान पुनका लागि काम गरिरहेको आरोप लगाउँदै गृहमन्त्री थापाले पूर्व माओवादी लडाकु समेत रहेका तामाङलाई पदबाट हटाएका हुन् । तामाङ गृहमन्त्री थापाको सचिवालयमा सुरुआती समयदेखि नै कार्यरत रहेका थिए । उनी थापाको सचिवालयमा अधिकृततहमा नियुक्त भएका थिए ।

स्रोतका अनुसार तामाङले नेकपा ओली समुहमा रहेर प्रचण्ड–नेपाल पक्षका युवाहरुलाई साथ दिएका थिए । त्यस्तै तामाङले प्रचण्ड–नेपाल पक्षका लागि काम गरिरहेको सुचना आएपछि हटाइएको स्रोतले जानकारी दिएको छ । यस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय आउनसाथ गृहमन्त्री थापाको प्रमुख सल्लाहकार सूर्य सुवेदीले समेत राजीनामा दिएका थिए ।

कमेन्टहरु
Loading...