गिता रानामगर /पोखरा, २२ पौष/पोखरा उपमहानगरपालिकाले पोखराको सडकमा पार्किङ्ग शुल्क उठाएर मनोमानी कायम गरेको विभिन्न ब्याक्तिहरुले आरोप लगाएका छन । जथाभावी रुपमा पार्किङ्ग उठाउने काम गरेर उपमहानगरपालिकाले सोझा जनताहरुलाई करको मारमा पारेको समेत उनीहरुको आरोप छ । नगरपालिकाले दिनभर सडक तथा सडक किनारमा ब्यवशायीहरुले मनोमानी रुपमा पार्किङ्ग गर्ने सवारी साधनहरुलाई पार्किङ्ग शुल्क नलिने तर सर्वसाधारणहरुलाई जुनसुकै ठाउमा पार्किङ्ग गर्दापनि कर असुल्ने गरेको भन्दै उनीहरुले पार्किङ्गका लागी निश्चित ठाउ निर्धारण गर्नुपर्नेमा जोड दिएका छन ।
सोमवार पोखरा उपमहानगरपालिकाले आयोजना गरेको पोखराको ट्राफिक ब्यवस्थापन गर्ने सम्वन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पोखरा उपमहानगरपालिकाले मनोमानी रुपमा सडक कब्जा गरेको भन्दै तत्काल पार्किङ्गलाई सहज वनाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा वोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दान बहादुर थापाले पोखराको न्यूरोडमा हाल सञ्चालन भइरहेको जेब्रा क्रसिङ्ग निर्माण र रोड मार्किङमा पोखरा उपमहानगरपालिको आफुहरुसंग कुनै समन्वय नगरेकोमा आपत्ति जनाए ।
उनले भने ट्राफिकिङ जस्तो कुरामा पोखरा उपमहानगरपालिका र निर्माण गर्ने कम्पनीले ट्राफिकलाई थाहै नदिइकन निर्माण कार्य गरेको छ । यसरी नै अगाडी वढ्ने हो भने पोखराको ट्राफिक ब्यवस्थापन अस्त ब्यस्त भएर जान्छ । पोखरा उपमहानगरपालिको सडक निर्माणको कुरालाई मनोमानी रुपमा गर्दा आगामी दिनमा अन्य ठाउमा निर्माण गर्दा विभिन्न वाधा ब्यवधानहरु उत्पन्न हुन सक्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले न्यूराड क्षेत्रमा निर्माण गरिएको सडक लाईनिङ र जेब्रा क्रसिङमा अन्य ब्याक्तिहरुसंग सहकार्य नभएको स्वीकार्दै आगामी दिनमा त्यसतर्फ मनन गर्ने वताए । त्यस्तै ट्याक्सी ब्यवशायी समिति पोखरा अध्यक्ष गान्धीराज गिरीले पोखरा उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारी साधनलाई मात्र कानुनको दायरामा ल्याउन खोजेको वताउदै सम्पूर्ण सवारी साधनलाई नियम लागु हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराका विभिन्न राजनैतिक दल सम्वद्ध यातायात मजदुर संगठन , यातायात ब्यवशायी तथा संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।