आज बिहान बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित

 

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । केही गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको हो ।

आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिएका हुन् ।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । बुधबारको बैठकपछि नेताहरुले बिहीबार पनि बैठक बस्ने जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...