बुधबार पोखरामा थप २४ जनामा संक्रमण पुष्टि

 

पोखरा । बुधबार पोखरामा २४ जना सहित गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बुधबार प्रदेशका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये २४ जना पोखरा महानगरपालिकाका रहेका छन् भने स्याङ्जा, बागलुङ र म्याग्दीमा १-१ जना संक्रमति थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ९० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ जना संक्रमित निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको संख्या १५ हजार ५ सय ४१ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या २ सय ४४ रहेको छ ।

 

कमेन्टहरु
Loading...