मिथिला शर्मालाई पोखरामा १ लाखको पुरस्कार

पोखरा । नायिका मिथिला शर्मालाई संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार’बाट सम्मान गरिने भएको छ ।

संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार आगामी २७ गते पोखरामा एक समारोह बीच पोखरामा प्रदान गरिने भएको हो । पुरस्कार राशि १ लाख रहेको छ ।

यसअघि यस पुरस्कारबाट नेपाली संगीत जगतका प्रतिभाहरु स्व अम्बर गुरुङ ,दिप श्रेष्ठ र रन्जित गजमेर पुरस्कृत भइसकेका छन् ।

कमेन्टहरु
Loading...