आज निफ्राका शेयरहोल्डरलाई झट्का ! किन बनाइए ट्रोल ?

गन्थन डेस्क

मंगलबार नेपाली शेयरबजारमा नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को २१.१६ अंकले गिरावट आएपछि रन्थनिएका लगानीकर्ताहरु बुधबार झनै तनावमा छन् ।

सुरुवाति समयमा भने निफ्राको शेयर प्रतिकित्ता ५ सय ९६ बाट बढेर ६ सय २३ रुपैयाँसम्म पुगेको थियो । यही २ गतेबाट काराेबार शुरू गरेकाे निफ्राकाे परिसूचक एकाेहाेराे उकालिएकाे थियाे ।

तर, सवा ११ बजे निफ्राको शेयर मूल्य एकाएक शून्यमा झ¥यो । करिब सवा खर्ब रुपैयाँको पूँजीकरण भएको कम्पनीको शेयर पुरै रातो भएपछि धेरै लगानीकर्ताको होश उड्यो । असम्भवप्रायः यस्तो घटनाको मूल कारण नेप्सेको वेबसाइटमा समस्या आएको बताइएको छ ।

खरिदकर्ता बढिरहेकाबेला साइटमा समस्या देखिएको हो । केही समयमै साइटको समस्या समाधान गरिने नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

यसैबीचमा सामाजिक सञ्जालमा निफ्राका लगानीकर्तालाई लक्षित गरी विभिन्न मिम र ट्रोल बनेका छन् ।

 

 

 

 

 

कमेन्टहरु
Loading...